images
images

सोमवार, जेठ ७ गते २०८१

कांग्रेस नेता खांणको पहलमा भीम अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

कांग्रेस नेता खांणको पहलमा भीम अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

images
images
images
बुधवार, आषाढ ९ २०७८
बुधवार, आषाढ ९ २०७८
  • कांग्रेस नेता खांणको पहलमा भीम अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

    भैरहवा, ९ असार ।

    images
    images
    images

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणको पहलमा भीम अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । नेता खांणको पहलमा गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंको सहयोगमा अस्पताललाई ५ थान कन्सन्ट्रेटर (१०/१० लिटर क्षमताको) उपलब्ध गराइएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सचिव सुशिल गुरुङले बताए । 

    बुधबार नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले उक्त सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै नेता रज्जाकले पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खांणको विशेष पहलमा गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंले सहयोग गरेको ५ थान अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई प्रदान गरिएको बताए । उनले दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण काठमाडौं, रुपन्देही र बांकेमा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए । कोरोना महामारीमा अक्सिजनकै अभावमा धेरै बिरामीको मृत्यु भएको रज्जाकले बताए । ‘महामारीको बेला भीम अस्पतालले गरेको काम सराहनीय छ, ’उनले भने । अस्पतालममा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बस्नको लागि कांग्रेस रुपन्देही जिल्ला पार्टी कार्यालयले आफ्नो भवन उपलब्ध गराएको उनको भनाइ थियो । कांग्रेस जनताको साथमा रहेको उनले बताए ।

    भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोरोना महामारीको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले बालबालिकाको उपचारका लागि २० प्रतिशत अर्थात १० वटा बेड थप गर्न लागेको बताए । उनले अस्पतालमा केही आइसीयू बेड र भेन्टिलेटर पनि थप्न लागेको जानकारी दिए । त्यस्तै  प्रतिदिन २ सय अक्सिजन सिलिण्डर उत्पादन क्षमताको अक्सिजन प्लान्ट अस्पतालमा जडान गर्न लागिएको बताए । उनले अक्सिजन कन्सन्ट्रेटर सहयोगको लागि पहल गर्ने पूर्वमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खांणलाई धन्यवाद दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij