२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

महिला सहायता कक्षमा सेनेटरी प्याड हस्तान्तरण

बुधवार , आषाढ ९, २०७८

भैरहवा, ९ असार ।
माइती नेपाल आवधिक गृह भैरहवाले सशस्त्र प्रहरी बल नेपाल महिला सहायता कक्षमा सेनेटरी प्याड हस्तान्तरण गरेको छ । कोराना महामारी नियन्त्रण तथा व्यवस्थापनमा सहयोगका लागि भन्दै माइती नेपालले उक्त सामग्री हस्तान्तरण गरेको हो । छिमेकी मुलुक भारतबाट आउने महिलाहरुका लागि मध्यनजर गर्दै संस्थाले प्याड प्रदान गरेको हो ।

बेलहिया सीमामा रहेको सहायता कक्षमा आज एक कार्यक्रमकाबीच माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले हस्तान्तरण गरेकी हुन् । सो सामग्री सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विजय थापालाई हस्तान्तरण गरेकी हुन् ।

माइती नेपालले विगत २३ वर्षदेखि भैरहवा क्षेत्रमा महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि काम गर्दै आएको छ ।