२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

उद्योग नविकरण सुचारु गर्न रुपन्देही उद्योग संघको माग

बुधवार , आषाढ ९, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, ९ असार ।
    लामो समयको कोभिडको प्रभाव र विभिन्न कारण नविकरण रोकिएका रोकिएका उद्योगहरुलाई तत्काल नविकरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै रुपन्देही उद्योग संघले लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । उद्योग नविकरण गर्न नपाउँदा उद्योगीहरुले बैंक कर्जा नविकरण, सिफारिस, उत्पादन वितरण लगायतका विभिन्न खालका समस्याहरु झेल्नु परेको र उद्योगहरु संचालनमा समेत कठिनाई सिर्जना भएको भन्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको पदाधिकारी टोलीले ज्ञापन पत्र बुझाएको हो ।

    संघले विगत लामो समयदेखि उद्योग नविकरण सुचारु गर्न पटकपटक आग्रह गर्दा समेत मागको सम्बोधन हुन नसक्दा उद्योगीहरु निराश बनेको बताउँदै तत्काल उद्योग नविरण गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको हो। सोही क्रममा अध्यक्ष बोहोराले हाल उद्योग क्षेत्रका गतिविधिहरु सम्बन्धमा समेत जानकारी गराएका थिए । 

    ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले उद्योगहरु नविकरण गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउन प्रदेश सरकारले ऐन संशोधन गर्ने तयारीमा रहेको र उद्योगहरुको माग जायज भएका कारण तत्काल सम्बोधन हुने गरी कानूनी व्यवस्था मिलाउन गम्भिर रुपमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । प्रदेशको औद्योगिक विकास, उत्पादन वृद्धि, रोजगारी श्रृजना र स्वरोजगारी अभिवृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने समेत मन्त्री पाण्डेले जानकारी दिइन् ।

    डेलिगेसन टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।