
बिहिवार , आषाढ १०, २०७८
बुटवल, १० असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कमिटी, रुपन्देहीले देवदह नगरपालिका क्षेत्रमा संचालन गरेको ‘हामी पनि वैशाखी बनौ’ अभियान समापन गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच कार्यक्रममा सहयोग गर्ने व्यक्ति, संस्था लगायतलाई सम्मान गरी अभियानको औपचारिक रुपमा अभियान समापन गरेको हो ।
राप्रपा केन्द्रीय सम्पादन समितिका सदस्य ताहिर अलि, राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । अभियानमा आर्थिक, भौतिक र नैतिकका साथै प्रचारप्रसारमा सहयोग गर्ने देवदह क्षेत्रका स्थानीय समाजसेवी प्रदिप न्यौपाने, लक्ष्मण तिवारी, जगदिप पाठक, कृष्ण आचार्य, लिलादेवी भुर्तेल, सुसमीत तिवारी, रेम्बो एकेडेमी, उद्योग वाणिज्य संघ देवदह, उज्यालो लालटिन, प्रहरी चौकी देवदह, दिर्घायी नेपाल, अनेरास्ववियु देवदह कमिटी, भुपु विद्यार्थी समाज महामाया विद्यालय, संचार क्षेत्रबाट सहयोग गर्ने बुटवल टुडे दैनिक, बुद्घ टिभि, सेतोमसी, गुराँस मिडिया, रबिन्द्र प्रताप गुप्ता, गोबिन्द घर्ती, कामना दैनिकका सुरज भट्टराई, देवदह टेलिभिजनलाई सम्मान गरिएको थियो ।
राप्रपा देवदह नगरका अध्यक्ष माधव रिमालले हामी पनि वैशाखी बनौ भन्ने नारासहित संचालन गरिएको अभियान समापन गरिएको बताए । यस क्रममा नगर क्षेत्रमा असार २ गतेबाट सुरु भएको बाढी, डुवानमा उद्दारका कार्यक्रम भने निरन्तरता दिइने उनले बताए ।
पहिलो चरणमा सचेतनाका कार्यक्रम गरिएको भन्दै दोस्रो चरणमा भने संक्रमितहरु अस्पताल पुग्न नै नसक्ने अवस्था आउँदा त्यसमा सहयोगको अभियान सुरु गरेको उनले बताए । राप्रपा देवदह नगर कार्यसमितिका अध्यक्ष माधव रिमालको संयोजकत्वमा १५ जनाको टोली तयारी गरिएको छ ।
कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष विनोद सेञ्चुरीले कोभिडको समयमा सवारीसाधन उपलब्ध गराएर थोरै भए पनि मानवता जगाउने सफल भएको बताए । चालक शेषकान्त गौतम र रमेश प्रसाद पौडेलले २४ घण्टा सेवा दिएर पुण्य कार्यमा सहयोगी भएकोमा विशेष धन्यबाद दिए ।
कार्यक्रममा सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी, वडा नम्बर ९ का सचिव किरण गौतम, युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी, क्षेत्र नम्बर १ सदस्य गोविन्द खरेल, क्षेत्र नम्बर १ प्रदेश सभा (क) का अध्यक्ष कमल गौतम, युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी, युवक संगठन देवदह नगर वडा नम्बर ९ अध्यक्ष धनराज भुर्तेलले आगामी दिनमा समेत सामाजिक र मानविय काममा अग्रसर रहने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij