
शुक्रवार , आषाढ ११, २०७८
भैरहवा, ११ असार ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्षेत्र नम्बर ३, रुपन्देही र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले सञ्चालन गरेको हेल्प डेस्कमार्फत तीन हजार बढीलाई सेवा प्रदान गरिएको छ । वैशाख २६ गतेदेखि असार १० गतेसम्म भैरहवास्थित भीम अस्पतालमा सञ्चालन गरिएको हेल्प डेस्कमार्फत ३ हजार ४ सय ४५ जना बिरामी कुरुवालाई सेवा प्रदान गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक भीम भण्डारीले बताए ।
सो अवधिमा २५० कार्टुन पानी, १ हजार ३४ थान सेनिटाइर र ८० डब्बा माक्स वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले जानकारी दिए ।
नेकपा एमालेका युवा नेता वाई.पी. आचार्य (सुशान्त) ले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । अनेरास्ववियु र राष्ट्रिय युवा संघले भैरहवामा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको युवा संघका नेता सुवास पाण्डेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij