२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सफल सवारीको सेवा सुरु

शुक्रवार , आषाढ ११, २०७८

तिलोत्तमा, ११ असार ।
जोर–विजोर प्रणालीमा निजी सवारीसाधनहरु समेत खुलेसंगै सफल सवारी सेवा मणिग्राम रुपन्देहीले पनि आफ्नो सेवा सुरु गरेको छ । कोभिड–१९ को दोस्रो लहर मुलुकमा तीव्र संक्रमण बढेसंगै गत वैशाख १६ गतेदेखि मुख्यमुख्य शहरहरुमा निषेधाज्ञा लागू गरिएको थियो । योसंगै सफल सवारीको सेवा समेत करिब दुई महिना रोकिन पुगेको थियो । पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारीसाधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै सफल सवारीले पनि आफ्नो सेवा सुरु गरेको हो । 

सफल सवारीका प्रबन्ध निर्देशक विष्णु घिमिरेले सेवा सुरु भएको जानकारी दिइन् । यद्यपि, सेवा भने सरकारले तोकिएकै मापदण्ड अनुसार जोर–विजोर प्रणालीमै सञ्चालन हुने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिने उनले जानकारी दिइन् । तर, यसको ग्यारेण्टी भने, राइडर र प्यासेन्जर स्वयं आफै हुनुपर्ने उनको भनाइ छ । सफल सवारी सेवाले सजिलो सवारी र सजिलो सवारी चालक गरी दुई वटा एप्लिकेशनमार्फत यो सेवा प्रदान गर्दै आएको छ ।