
आइतवार , आषाढ १३, २०७८
अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ ।गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहज होस भनेर आर्थिक बर्ष ०७७र०७८ कार्यक्रम अनुसार २ सय ५१ जना लाई ५ सय लिटरको निशुल्क हिल टंकी वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।
यसले कुवाको पानी बोकेर घरमा ल्याएर राख्नको लागि सहज हुने र तरकारी खेती गर्नको लागि केही भएपनि सहज हुने स्थानीयको भनाई छ ।यस्तै आर्थिक वर्ष २०७८र२०७९को बजेटमा गाउँपालिकाले एक घर एक धारा अभियान भनेर बजेटमा समावेश गरेको छ ।
जसअन्तर्गत लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij