२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

एसओएस बालग्रामले भीम अस्पताललाई दियो स्वास्थ्य सामाग्री

आइतवार , आषाढ १३, २०७८

भैरहवा १३ असार। 
भैरहवामा रहेको एसओएस बालग्राम लुम्बिनीले भिम अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरु प्रदान गरेको छ। संस्थाले अस्पताललाई प्रेसर नाप्ने मेसिन, इ सी जी मेसिन, इसीजी पेपर, अक्सिमीटर, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर, कोलोरिन, पीपीइ सेट लगाएतका सामाग्री हस्तान्त्रण गरेको हो।

उक्त सामग्री तथा उपकरणहरु एसओएस बालग्राम लुम्बिनीका प्रमुख गोबिन्द प्रसाद ढकाल र एसओएस परिवार सबलीकरण कार्यक्रमका प्रमुख ज्योत्सना राणाले भिम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन्।

एसओएसका संस्थापक प्रो. डा. हर्मन माइनरको जन्मदिनको अवसर पारेर सामग्री हस्तान्तरण गरिएको एसओएस बालग्राम लुम्बिनीका खेल प्रशिक्षक कोशिश खड्काले बताए।

198595053_340481930869685_6472735503765479757_n.jpg

सन् १९८६ जुन २३ देखि विश्वभर एसओएस दिवस मनाइने गरिन्छ। यस पटक ३५ औं एसओएस परिवार सबलिकरण कार्यक्रम लुम्बिनीले भिम अस्पतालबाट माग भएबमोजिमका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको एसओएस बालग्राम लुम्बिनीका प्रमुख गोबिन्द प्रसाद ढकालले बताए।

अस्पतालका अध्यक्ष नारायण भण्डारीले पछिल्लो समय अस्पताललाई विभिन्न संघसस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग गर्ने क्रम बढिरहेको जनाउँदै बालबालिका सम्वद्ध संस्थाले सहयोग उपलब्ध गराउनु सह्रनीय कार्य रहेको बताए।

कार्यक्रममा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ता, एसओएस परिवार सबलिकरण कार्यक्रम लुम्बिनीका कार्यक्रम अधिकृत बिनयराज श्रेष्ठ, एसओएस बालग्राम लुम्बिनीका काउन्सिलर इन्द्रा कुँवर, एसओएस युवालय लुम्बिनीका काउन्सलर मीना पोख्रेल, एसओएस किन्डरगार्टेन लुम्बिनिका शिक्षिकाहरु कविता थापा, माला सुनार, रुक्मा थपलिया, समाजिक परिचालक प्रेरणा भुजेल, राकेश अहिरको उपस्थिती रहेको थियो।