
शनिवार , भाद्र १३, २०७७
बटवल । रोटरी क्लव अफ बुटवल चौतारिले बुटवलमा मास्क तथा सेनिटाईजर बितरण गरेको छ ।
बिश्वभरी माहामारीको रुफमा फैलिएको कारोना भाइरसको संक्रमणबाट जोगिन भन्दै क्लवले इलाका प्रहरी कार्यालय मंगलापुरसहित रुपन्देहिका तिनवटा संस्थालाई मास्क र सेनेटाइजर बितरण गरेको हो ।
क्लवले मानव सेवा आश्रम बुटवल, नेपाल अपाङ्ग आश्रम बुटवल एघार देविनगर र इलाका प्रहरी कार्यालय मङ्गलापुरलाई चौध सय तिस थान मास्क र चालिस लिटर सेनेटाइजर प्रदान गरिएको क्लवका अध्यक्ष थानेश्वर पाण्डेले बताएका छन् । साथै क्लवले बृद्धहरुको लागि प्रयोग हुने एडल डाइपर र तिन थान सोलार बत्ति समेत प्रदान गरेको क्लवका अध्यक्ष पाण्डेले बताए ।
बिभिन्न समय परोपकारी काम गर्दै आएको क्लवले गत साउनमा कोरोना कहरलाई लक्षित गरी ब्लड बैंक बटवलमार्फत ६७ युनिट ब्लड संकलन गरी ह्स्तान्तरण गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij