
सोमवार , आषाढ १४, २०७८
असार १४ नवलपरासी ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ जर्गाहामा रहेको कोटही देवी सामुदायिक बनको १५ हेक्टर क्षेत्रफलमा नगरपालिका भित्रका विभिन्न सघसस्थामा आबद्ध करिव १५ सय जना व्यक्तिहरुले १ घन्टामा २० हजार विरुवा रोपेर नेपालमै पहिलो कीर्तिमानी राखेका छन् ।
नेपाल विधुत प्राधिकरण बर्दघाट-सर्दी १३२ केभि प्रसारण लाइन आयोजनाको क्षतिपूर्ति वृक्षारोपण मार्फतको ६० लाख ४१ हजार रुपैयाँ आर्थिक सहयोगमा लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालय बुटवलको आयोजना र प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा र लुम्बिनी प्रदेश दगा प्रहरी नियन्त्रण गण सुनवलको सहयोगमा सो सामुदायिक वनको २९ दशमलव ८२ हेक्टर क्षेत्रफलमा सिसौ, सिरिष, जामुन, खयर, टिक लगाएत प्रजातिका ३९ हजार विरुवा रोपेर बृहत वृक्षारोपण गर्न लागिएको छ ।
जलजलासयको सरक्षण गर्दै जिवजन्तुको अस्तित्व बचाइराख्न रुख विरुवाको प्रमुख र महत्त्वपूर्ण आवस्यकता पर्नेहुँदा लुम्बिनी प्रदेश सरकारले प्रभावकारी ढंगबाट वृक्षारोपण कार्यलाई प्राथमिकतामा राख्दै निरन्तरता दिने लुम्बिनी प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वृक्षारोपण पछि पनि त्यसको सरक्षणमा ध्यान दिन जोड दिदै नेपालमा झन्डै ५० प्रतिशत भुभाग वन क्षेत्रले ओगटेको भनिएतापनि देशमा आवश्यक पर्ने काठजन्य पैदावर सामाग्री भने विदेशबाट आयात गर्नुपर्ने अवस्थामा अब भने बन क्षेत्रको दिगो व्यवस्थापनको माध्यमबाट विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यतालाई छिट्टै अन्त्य गर्न लुम्बिनी प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
मानिसलाई श्वास फेर्नका लागि आवश्यक अक्सिजन देखि वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधताको सरक्षण, जलचक्रको नियमन, प्राकृतिक प्रकोपको न्यूनीकरण र आर्थिक वृद्धि सम्मका लागि वृक्षारोपण कार्यले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । वृक्षारोपण गर्ने भन्दै विभिन्न निकायहरुले वर्सेनी लाखौं रुपैयाँ बजेट समेत खर्च गर्दछन तर वृक्षारोपण पछि तिनको सरक्षणमा उचित ध्यान नदिदा उपलब्धि भने शुन्य जस्तै छ । त्यसतर्फ सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij