
सोमवार , आषाढ १४, २०७८
भैरहवा, १४ असार ।
जननेता तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालिन महासचिव मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले सोमबार भैरहवामा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्य, विशिष्ट अतिथि नेकपा (एमाले) रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले नेपालको राजनीतिक इतिहासमा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगरका अध्यक्ष मिलन दर्लामीको अध्यक्षता तथा एकेडेमीका रुपन्देही जिल्ला सदस्य भीम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले नेता चोपलाल आचार्य, धर्मराज गिरी, स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य एवं फुटबल विभाग प्रमुख नन्दु बहादुर काउचा, स्पोर्ट्स एकेडेमीका जिल्ला सचिव विनोद आचार्य, एमाले जिल्ला सदस्य सन्देश चापागाई, पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का सदस्य उमेश थापा मगर, सिद्धार्थनगर कमिटीका सचिव चक्र बहादुर थापा, सिद्धार्थनगर सदस्य कुमार गुरुङ, नर्जुन गुरुङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य सरोज ठकुरी, युवा नेता सुशिल कुंवर लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij