२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

लियो क्लब अफ बुटवल खसौलीमा पद हस्तान्तरण

मंगलवार , आषाढ १५, २०७८

बुटवल, १५ असार । 
लियो क्लब अफ बुटवल खसौलीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२१÷२२ का लागि चयन भएका सिद्धार्थ राज शेरचन नेतृत्वको समूहलाई अघिल्लो वर्षका मंजिल विश्वकर्माको नेतृत्वको टिमले पद हस्तान्तरण गरेको हो । कार्यक्रममा क्लब एडभाइजर बाबुराम बोहोराको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा बोल्दै क्लब एडभाइजर बाबुराम बोहोराले लियो खसौलीले सामाजिक काममा नाम कमाउन सफल सदस्यको सक्रियतामा नाम जस्तो काम उस्तै रहेको र यथावत राख्न भन्दै क्लबको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा क्लबका संथापक अध्यक्ष आर्दश श्रेष्ठले बधाई तथा शुभकामना दिदै यो टिमले सामाजिक काममा कुनै कसर बाँकी नराख्न सुझाव दिएका थिए । वर्ष २०२१/२२ का सचिव सुभास शर्मा, कोषाध्यक्ष विवेक गौतमले आगामी कार्ययोजनाको बारेमा बोलेका थिए ।