२०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

रोटरी क्लब बुटवलको १३२७ औं बैठक सम्पन्न

शनिवार , भाद्र १३, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • बुटवल, १३ भदौ । 
    रोटरी क्लब अफ बुटवलको १३२७ औंं नियमित बैठक शनिवार भर्चुअल रुपमा सम्पन्न भएको छ । 

    शनिवारको बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । रोटरीयन रेखा ज्ञवालीले आफ्नो व्यवसायिक जीवनको विषयमा चर्चा गर्दै निरन्तर प्रयासबाट मात्र विजनेशमा सफलता पाईने बताइन् । ज्येष्ठ नागरिक मिलन केन्द्र डिंगरनगरकी चार्टर सदस्य र श्रृंगेश्वर मन्दिर डिंगरनगरकी बोर्ड सदस्य रहेकी ज्ञवालीले व्यवसायिक जीवनको आरोह अवरोहको वारेमा जानकारी गराएकी  थिइन् ।

    उनले आफू सानैदेखि शिक्षण पेशाा लागेको र धेरै वर्ष विदेश बसेको भन्दै तर स्वदेश नै प्यारो लागेकाले आफ्नै देश फर्केर समाजसेवामा लागेको पनि बताइन् ।

    बैठकमा रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले धेरै सदस्यहरु संगठित भएर काम गरेमा समुदायको हित हुने भएकाले रोटरियनहरुको संख्या बढाउनुपर्ने बताए ।

    क्लबका सचिव रोम शर्मा, सह–सचिव शिवकुमार ज्ञवाली र छवि पोखरेलले समेत धारणा राखेको बैठकमा रोटरियनहरु यादव घिमिरे, यदुनाथ पाण्डे र गोपाल अधिकारीले जिज्ञासा राखेका थिए ।