images

आइतवार, बैशाख २३ गते २०८१

‘कृषिमा प्रविधि अनिवार्य’

‘कृषिमा प्रविधि अनिवार्य’

images
images
images
मंगलवार, आषाढ १५ २०७८
मंगलवार, आषाढ १५ २०७८
  • ‘कृषिमा प्रविधि अनिवार्य’

    बुटवल, १५ असार ।
    १८ औं राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको उद्यमशिल टोल विकास संस्था, तिलोत्तमा नगरपालिका–१० मा मेशिनबाट धान रोपाई गरिएको छ । प्रविधिमा आधारित कृषि, आत्मनिर्भरता र समृद्धिको नारा बोकेको संस्थाले अघिल्लो वर्षदेखि मेशिनबाट धान रोप्न लागेको हो । 

    तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेशिनबाट धान रोपेर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गर्दै कृषिमा नयाँ प्रविधि र विकास जरुरी रहेको बताए । उद्यमशिल टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले व्यवहारिक रुपमा प्रविधियुक्त रोपाई देखाउन पनि कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । परम्परागत खेतीबाट किसानलाई श्रम बढी र आर्थिक रुपमा घाटा रहेको भन्दै उनले कृषिमा आधुनिकता र मेशिनको प्रयोग जरुरी रहेको बताए । बजारमा विभिन्न किसिमका पेडि रोपर मेशिनहरु भित्रिएका उनले बताए । नेपालमा मनमीत श्री ट्रेनिङले कृषिजन्य प्रविधिहरु भित्राएर किसानलाई साथ दिदै आएको छ । मनमीत श्री ट्रेनिङका संचालक उदय कुमार सिंहले कृषिलाई आधुनिकता ल्याउने नयाँनयाँ प्रविधि प्रयोगबारे किसानलाई सिकाउँदै आएको बताए । 

    उनका अनुसार शक्तिमानको पेडि रोपर ३७ नामको यो मेशिन एउटा अत्याधुनिक मेशिन हो जसको माध्यमबाट एउटा सिधा लाईनमा धान रोप्न सकिन्छ । परम्परागत खेती गर्दा २० जनाले दिनभरीमा १ विगाहा धान रोप्न सक्छ भने यो मेशिनको प्रयोगबाट एक जनाले एक दिनमा ५ विगाहा रोप्न सकिनेछ । प्रतिघण्टा १० कठ्ठा क्षेत्रफलमा रोपाई गर्न सकिने उनले बताए । मेशिन करिब ६ लाख रुपैयाँ पर्ने उनले बताए । 

    स्थानीय अभियन्ता डा. दामोदर भुसालले किसानका लागि बिउ खरिददेखि कृषि उत्पादन र बजारीकरणसम्म धेरै समस्या रहेको बताए । उनले समाधान गर्न सरकारको सहयोग जरुरी रहेको बताए । प्रविधि किन्नका लागि किन्ने भन्दा पनि व्यवहारिकताबारे अध्ययन गर्न जरुरी रहेको बताए । समूहमा रहेका किसानहरु करिब ५ विगाहा क्षेत्रफलमा चकलाबन्दी खेती गर्दै आएको उनले बताए । बीउ बनाउन ढिलाई हुँदा रोपाईमा समस्या भएको उनले बताए । संस्थाका सचिव शिव प्रसाद ढकालले संस्थामा १ सय १४ घरधुरी रहेको बताए । 

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij