
मंगलवार , आषाढ १५, २०७८
नवलपरासी ,१५ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ कुर्थावलमा कोरोना भाईरस सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुराँस किशोरी समुहको आयोजना तथा एबिसि नेपाल स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोगमा कोरोना भाईरस सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । गुरास किशोरी समुहकि अध्यक्ष पुष्पा यादवको अध्यक्षता तथा समाजसेवी बुद्धिजीवी नागेन्द्र हरिजनको प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षण गर्दै प्रशिक्षक महेश यादवले कोरोना भाईरस बाट वचन लाई मास्क , सेनिटाईजर र सामाजिक दुरि कायम गर्न अति आवश्यक भएको बताउँदै पोसिलो र ताजा खानेकुरा खान तथा डाक्टरको सल्लाह सुझाव अनुसारको सावधानी अपनाउन बताएका थिए । साथै नेपाल सरकारले जारि गरेको स्वस्थ्य मापदण्डको पालना गर्न र भिडभाडमा नजान, कोरोना भाईरसबाट सतर्कता अपनाउनु पर्ने बताएका थिए ।
सो अवसरमा प्रमुख अतिथि हरिजनले कोरोना बाट वचन र अरुलाई बचाउन् घरमै बस्न तथा अति आवश्यक काम बाहेक बाहिर नजान आग्रह गरेका थिए ।
एनिमेटर ललिता यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा किशान संवाद केन्द्रका एस एसटि सदस्य राजकुमारि चौधरी , समाजसेवी रत्तन हरिजन ,भोला हरिजन ,दिपा गुप्ता लगाएको अतिथिहरुको सहभागीता रहेको थियोे । कार्यक्रम सञ्चालन एविसि नेपालका भोलेन्टिएर जानकि गौडले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij