
बुधवार , आषाढ १६, २०७८
भैरहवा, १६ असार ।
राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर–१२, रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । आश्रममा रहेका वृद्धवृद्धाहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए । ‘सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले संस्थाको स्थापना गरेका हौं, त्यसैले आवश्यकता पहिचान गरेर सहयोगको हात अगाडी बढाएका छौं, ’न्यौपानेले भने ।
क्लबले आश्रमलाई आलु, प्याज, मसाला, बिस्कुट, नमकीन, भुजा लगायतका सामग्री प्रदान गरेको कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष गणेश पोखरेलले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेलले समयसमयमा विभिन्न संघ–संस्थाले प्रदान गर्ने विभिन्न सामग्रीले आश्रमलाई सहयोग पुगेको बताइन् ।
क्लबका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
क्लबका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, आश्रममा रहेकी ज्येष्ठ सदस्य ८३ वर्षिय गंगामाया पुनको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक गणेश पोखरेलको स्वागत तथा कोषाध्यक्ष आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij