२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मुटु अस्पताल बुटवलमा थप ६ जनामा कोरोना संक्रमण

शनिवार , भाद्र १३, २०७७

बुटवल, १३ भदौ ।
बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा शनिबार थप ६ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अघि अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ९ पुगेको छ ।

स्वास्थ्यकर्मीहरुलाई नै कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अस्पतालको निर्मलीकरण र अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्नुपर्ने भएको भन्दै अस्पतालबाट प्रदान हुँदै आएका डायलाइसिस, सि.टी.स्कयान र फार्मेसी सेवाबाहेकका सबै सेवाहरु अर्को सुचना प्रकाशित नहुँदासम्म बन्द गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । 

त्यस्तै अस्पतालको आकस्मिक, ओ.पि.डी र भर्ना सेवा बन्द हुँदा बिरामीहरु प्रभावित हुने भएका छन् । स्वास्थ्यकर्मीहरुको अवस्था भने सामान्य रहेको अध्यक्ष आलमले बताए ।