images

शुक्रवार, बैशाख २१ गते २०८१

इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

images
images
images
बुधवार, आषाढ १६ २०७८
बुधवार, आषाढ १६ २०७८
  • इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

    अबुधाबी, १६ असार ।
    इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आएका छन् । खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

    images
    images
    images

    इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुगेका हुन् । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन् । 
    दुईदिने औपचारिक भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्नु हुने विदेश मन्त्रालयले जानकारी दिएको छ ।

    भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गर्नेछन् । दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ । 
    येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुन् । इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij