२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

नसर्ने रोगसम्बन्धी अभिमुखीकरण

बुधवार , आषाढ १६, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १६ असार ।
    सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीबीच नसर्ने रोगसम्बन्धी अभिमुखीकरणसहित अन्तरक्रिया कार्यक्रम आज भैरहवामा सम्पन्न भएको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. अरुण खरेलले स्वास्थ्यसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी, वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्री लगायतले बोलेका थिए ।

    उक्त कार्यक्रममा सहभागीको उचाइ, तौल मापन गरिनुको साथै मधुमेह र उच्च रक्तचाप समेत परीक्षण गरिएको थियो । कार्यक्रममा मधुमेहको निदान, मोटोपना मापन गर्ने इकाइ, उच्च रक्तचापबाट बच्ने, क्यान्सर, स्वासप्रश्वास र स्वास्थ्य खानपान कसरी गर्ने भन्ने जस्ता चेतनामुलक विषयवस्तुमा चर्चा गरिएको थियो ।

    स्वास्थ्य शाखा प्रमुख पिताम्बर पाठकको स्वागत तथा गीता न्यौपाने पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगरका विभिन्न वडाका अध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।