
बिहिवार , आषाढ १७, २०७८
बुटवल, १७ असार ।
लायन्स क्लब अफ बुटवलमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बुधबार क्लवमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०२०/०२१ का अध्यक्ष संजय कलवार जयसवालले वर्ष ०२१/०२२ को लागि नवनिर्वाचित अध्यक्ष लोकप्रसाद खरेललाई पद हस्तान्तरण गरेका हुन् । त्यस अवसमा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका इलेक्ट द्वितीय भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ बुटवलको गतिविधिले लायन्स इन्टरनेशनलकै साख बढाएको बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खरेलले क्लबका पुराना कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै दुर्गममा हाम्रो गाउँ, प्रभावकारी स्वास्थ्य शिविरसहितका कार्यक्रम सञ्चालन जानकारी दिए ।
त्यस्तै अध्यक्ष जयसवालले कोभिड महामारीको कारण भौतिक उपस्थितिमा प्रयाप्त कार्यक्रम गर्न नसकिए पनि गरेका कार्यक्रम प्रभावकारी भएको बताए । कोरोना भाइरस महामारीका कारण सञ्चालन गर्न नसकिएका कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिन समेत उनले आग्रह गरे ।
त्यस अवसरमा डिष्ट्रिक एड्भाईजर तथा क्लबका पूर्व अध्यक्ष अर्जुनमान सैजु, अस्पतालका अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, पुर्वअध्यक्ष मधुसुधनलाल श्रेष्ठ, इभ्यालुसन हेड विनोद खरेल, एरिया चिफ सन्दिप कसौधन, रिजन चेयरपर्सन तथा क्लबका पुर्व अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, लायनेश क्लवबअफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठ, लियो क्लब अफ बुटवलका अध्यक्ष हिमालय भुसाल लगायतले शुभकामना व्यक्त गरेका थिए । क्लबका सचिव प्रतिक पोखरेल र प्रदिप शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij