२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा वृक्षारोपण

बिहिवार , आषाढ १७, २०७८

  • 7.2K
    Shares
  • 7.2K
    Shares
  • भैरहवा, १७ असार ।
    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबका वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरीले आफ्नो कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत वृक्षारोपणबाट सुरुवात गर्नुभएको क्लबका संस्थापक अध्यक्ष बिमल सेञ्चुरीले बताए ।

    क्लबले बिहीबार बिहान सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल नजिकै रहेको होटल क्यासटल (सडक वारिपारी) वृक्षारोपण गरेको हो । कार्यक्रममा १५० वटा विरुवा रोपिएको कार्यक्रम संयोजक गंगाधर भण्डारीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख मेडिकल निर्देशक प्रा.डा. ज्ञानेन्द्र लामिछानेले वृक्षारोपले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले रोपिएका विरुवाहरु संरक्षणमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

    कार्यक्रममा रोटरी जोन २८ का एजी देवी गुरुङ, क्लबका निवर्तमान अध्यक्ष हिरा बहादुर शाह,  पूर्व अध्यक्ष तथा जोन २५ का एजी कृष्ण पाण्डे, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुद्धल्याण्डका अध्यक्ष दिक्षा सुनार लगायतको उपस्थिति रहेको थियो । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सचिव कृष्ण अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।