
बिहिवार , आषाढ १७, २०७८
भैरहवा, १७ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२१/२२ को अध्यक्षमा प्रशान्त मणि रामदाम निर्वाचित भएका छन् । भैरहवामा बुधबार सम्पन्न क्लबको पाँचौ साधारणसभा एवं अधिवेशनबाट रामदाम अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा अनित कुमार गुप्ता, द्धितीय उपाध्यक्षमा सुनिल सेञ्चुरी, तृतीय उपाध्यक्षमा सन्दिपनाथ गोंगल, सचिवमा युवराज श्रेष्ठ, कोषाध्यक्षमा मिलन वि.क., सह–सचिवमा प्रशान्त श्रीवास्तव र सह–कोषाध्यक्षमा अरुण बस्याल निर्वाचित भएका छन् ।
त्यसै गरी मेम्बरसिप ग्रोथ चेयरपर्सनमा निकेशदेव हटुवाल, क्लब सर्भिस मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा विशाल वोगटी क्षेत्री, सर्भिस चेयरपर्सनमा संजोगराज तिवारी, टेल ट्वीष्टरमा हरि आचार्य, टेमरमा सन्देश शाक्य, मिडिया चेयरपर्सनमा सचिन्द्र तुलाधर, फण्डरेज चेयरपर्सनमा आशिष कर्माचार्य र जनसम्पर्क अधिकारी (पीआरओ)मा सुवास लुईटेल रहेका छन् । क्लबको निर्देशकहरुमा योगेन्द्र गुरुङ, सुदिप पाण्डे, अनुप भट्टराई, विशाल जैसवाल र जुबेर खान रहेका छन् ।
वर्ष २०२१/२२ को लागि अध्यक्षमा निर्वाचित प्रशान्त मणि रामदामले आफ्नो कार्यकालमा बढी भन्दा बढी सामाजिक कार्यहरु गर्ने बताए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष असिम सैजुले आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij