images

आइतवार, बैशाख २३ गते २०८१

छोटी भन्सारहरु अविलम्ब पुनर्स्थापना गर्न माग

छोटी भन्सारहरु अविलम्ब पुनर्स्थापना गर्न माग

images
images
images
बिहिवार, आषाढ १७ २०७८
बिहिवार, आषाढ १७ २०७८
  • छोटी भन्सारहरु अविलम्ब पुनर्स्थापना गर्न माग

    भैरहवा, १७ असार । 
    द्धन्द्धकालमा विस्थापित भएका रुपन्देहीका छोटी भन्सारहरु पुनर्स्थापना नगरेसम्म सीमा क्षेत्रमा अपराध नियन्त्रण तथा चोरी पैठारी नियन्त्रणमा कमी नआउने भएकोले अविलम्ब छोटी भन्सारहरु पुनर्स्थापना गर्न रोहिणीका सरोकारवालाले माग गरेका छन् । 

    images
    images
    images

    रोहिणी गाउँपालिकाका सहयोगमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोहिणीमा बिहीबार आयोजना गरेको सीमा क्षेत्रमा हुने अपराधजन्य क्रियाकलापको नियन्त्रण सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले छोटी भन्सारकै अभावमा पनि सीमा क्षेत्रमा अपराध न्यूनीकरण हुन नसकेको जिकिर गरे । 

    कार्यक्रममा बोल्दै स्थानीय अगुवा तथा नेकपा एमालेका नेता सञ्जय कुमार गुप्ताले भारतबाट अहिले विभिन्न भारतीय नम्बर प्लेटका सवारीसाधनहरु आउने र अपराध गरेर भारततर्फ भाग्ने गरेको कारण यसको नियन्त्रणको लागि पनि छोटी भन्सार आवश्यक रहेको तर्क गरे । 

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले भारतीय पक्षले रोहिणी क्षेत्रका अधिकांश गाउँ नै डुबानमा पर्ने गरी सडक बनाएकोमा पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुटनीतिक पहल हुन नसकेको बताए । भारतले एकतर्फी रुपमा सडक बनाउदा रोहिणीको वडा नम्बर ५,६ र ७ का अधिकांश गाउँ र खेतीयोग्य जग्गा डुबानमा परेको उनले बताए ।  यस्तै उनले सुरक्षा संयन्त्रलाई चुस्त बनाउन उनीहरुलाई साधनश्रोतले सम्पन्न बनाउन पनि माग गरे । गृह मन्त्रालय अन्तर्गत रहेको प्रहरीलाई सम्बन्धित मन्त्रालयले प्रयाप्त बजेट नदिदा पनि सीमामा अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्न नसकिएको यादवको भनाइ छ । ‘बिग्रेको, थोत्रो सवारीले प्रहरीले कहिलेसम्म सुरक्षा प्रदान गर्न सक्छ ? यसै कारण पनि प्रहरी घटनास्थलमा ढिलो पुगिरहेको हुन्छ ।’यादवले भने । उनले गाउँपालिकाले स्थानीय सुरक्षा निकायलाई केही बजेट दिए पनि त्यो प्रयाप्त हुन नसकेको जिकिर गरे । 

    सीमा क्षेत्रमा हुने अपराधका कारकमा दशगजासंगै सटेर रहेका मदिरा पसल र विभिन्न गोदामहरु पनि हुने गरेको वक्ताहरुले बताए । स्थानीय प्रशासनले व्यवसाय दर्ता गर्दा पनि सीमा क्षेत्रबाट निश्चित दुरी तोकेर मात्र अनुमति दिनुपर्ने उनिहरुको भनाइ थियो । 

    जिल्ला प्रशासन कार्यालयले यस आर्थिक वर्षमा सीमासंग सटेर रहेको ४ वटा स्थानीय तहमा यो कार्यक्रम गर्ने जनाएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजय कुमार पौडेलले रोहिणी, सम्मरीमाई, मर्चवारी गाउँपालिका र सिद्धार्थनगर नगरपालिका वा लुम्बिनी सांस्कृतिक नगरपालिकामध्ये कुनै एक स्थानमा यो कार्यक्रमको आयोजना गरिने जानकारी दिए । कार्यक्रमले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच हुने कामहरुमा पनि सहजता ल्याउने विश्वास जताए । उनले कार्यक्रममा सीमामा हुने अपराधिक क्रियाकलापको न्यूनीकरण मात्र नभई जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासुविधाबारे पनि स्थानीयहरुलाई जानकारी दिइरहेको बताए । उनले अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरुलाइ जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठकमार्फत काउण्टर पार्ट मिटिङमा यो विषयहरु समाधानको पहल गरिने बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij