२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

रोटरी क्लब अफ मणिग्राममा केशव न्यौपाने

बिहिवार , आषाढ १७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १७ असार ।

    ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मूल नाराका साथ ५ वर्षअघि स्थापना भएको रोटरी क्लब अफ मणिग्राममा रोटा वर्ष २०२१÷२२ का लागि केशव प्रसाद न्यौपानेको नेतृत्वमा कार्य समिति गठन भएको छ । न्यौपाने शिक्षण पेशामा आवद्ध छन् ।

    राजुदेवी खनाल संस्थापक अध्यक्ष रहेको यो क्लबमा कुलमणि ज्ञवाली एवं अच्युत पन्त पूर्वअध्यक्षहरु तथा निर्वतमान अध्यक्ष कृष्ण प्रसाद नेपाल, निर्वाचित अध्यक्षमा दुर्गा प्रसाद अर्याल, मनोनित अध्यक्ष निर्मल बस्याल, सचिवमा सागर पाठक रहेका छन् ।

    त्यसै गरी कोषाध्यक्षमा तुल्सी पौडेल, प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्ष अरुण पाण्डे, सह–सचिवमा अर्जुन पौडेल, सह–कोषाध्यक्षमा मिनप्रसाद भण्डारी (सुरज), सरजेन्ट एट आर्म्स प्रथम कृष्ण भण्डारी, द्वितीयमा कृष्ण खड्का क्षेत्री तथा एडिटरमा अच्युत पन्त रहेका छन् ।

    त्यसै गरी एडमिन्स्टे«शन कमिटी चेयरमा राजकुमार सुवेदी, मेम्बरसिप चेयरमा कृष्ण बस्याल, पब्लिक रिलेशन चेयरमा कुलमणी ज्ञवाली, सर्भिस प्रोजेक्ट चेयरमा नविन अर्याल, टिआरएपफ् चेयरमा अनन्त पन्त रहेका छन् ।