
बिहिवार , आषाढ १७, २०७८
बुटवल, १७ असार ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले ३ वटा ग्लोबल ग्रान्टसहित ५० बढी परियोजना गर्ने बताएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी क्लबको आगामी वर्ष गर्ने कामबारे जानकारी दिदै वर्ष २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष जविन कक्षपतिले आफ्नो कार्यकालमा विशेष परियोजनाहरु गरिने बताए ।
लुम्बिनी आयुर्वेद अस्पताल, आम्दा अस्पताल र हिलपार्कमा शुद्ध पिउने पानी व्यवस्थापन गर्ने मुख्य कामबाहेक नियमित रक्तदान, वृक्षारोपण, स्वस्थ्य, महिला सशक्तिकरणमा तालिमहरु, गरीब जहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, रोट्याक्ट, ईन्ट्राक्ट गठन गर्ने साथै युवा र दुव्र्यसनीको विषयमा सचेतना र अन्तरक्रिया गरिने उनले बताए ।
ठूला परियोजनाका लागि संयोजकहरु शिव ज्ञवाली, नर बहादुर श्रीष, राजेन्द्र ढकाल संयोजक चयन गरिएको उनले बताए । त्यसै गरी हराभरा बुटवल सुन्दर शहर बुटवल नारालाई सफल बनाउन मिलन हलदेखि मिलन चोकसम्म गरिएको वृक्षारोपण र संरक्षणको कामलाई निरन्तरता दिदै आएकोमा त्यो स्थानमा डिभाईडर निर्माणको काम अघि बढेकोमा त्यसलाई क्लबबाट सहकार्य गर्ने उनले बताए ।
त्यसै गरी क्लबको भवन तल्ला थप्ने र पत्रकारसंग सहकार्य गर्ने उनले बताए । ‘वर्षभरी करीब ३८ लाख बराबरको खर्च हुने गरी बजेट अनुमान रहेको छ ।’–उनले भने ।
रोटरी जोन २० का एजी जीवन अधिकारीले शिक्षा, स्वास्थ्यका क्षेत्रमा निरन्तर काम गर्दै आएको रोटरी पछिल्लो समय कोभिड संक्रमणको बेला नेपालमा ८४ करोड बराबरको स्वस्थ्य सामग्रीहरु वितरण गरिएको बताए । शतप्रतिशत साक्षरता बनाउने अभियानमा नेपालमा अब काम गर्न नेपाल सरकारसंग सम्झौता गरेको उनले बताए ।
रोटरी डिष्ट्रिकका सन्सटेबल डेभलपमेन्ट कमिटी चेयर राजेन्द्र ढकालले अन्तर्राष्ट्रिय नारा पोलियो उन्मुलन र साक्षरता अभियानलाई सार्थक बनाउन काम गरेर सफलता हात पारेको भन्दै कोभिडको विषयमा गम्भिर रुपमा सरकारसंग सहकार्य गर्न चाहेको बताए ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, नर बहादुर श्रीष, पिताम्बर ज्ञवाली, प्रेसिन्डेन्ट ईलेक्ट भरत राना, उपाध्यक्ष कमला हमाल, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसीले सामाजिक क्षेत्रमा अग्रसर क्लबहरुको बारेमा पछिल्लो समय टिकाटिप्पणी बढ्नु दुःखद भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij