images
images

शनिवार, जेठ ५ गते २०८१

सरावल गाउँपालिकाद्वारा किसानहरुलाई कृषि उपकरण वितरण 

सरावल गाउँपालिकाद्वारा किसानहरुलाई कृषि उपकरण वितरण 

images
images
images
बिहिवार, आषाढ १७ २०७८
बिहिवार, आषाढ १७ २०७८
  • सरावल गाउँपालिकाद्वारा किसानहरुलाई कृषि उपकरण वितरण 

    नवलपरासी ,१७ असार 

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा किसानहरुलाई कृषि उपकरण वितरण गरिएको छ । सरावल गाउँपालिकाले कृषि गर्ने किसानहरुलाई आज एक कार्यक्रमका बिच कृषि उपकरण वितरण गरेको हो।  

    सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको उपस्थितिमा पालिका भित्रका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको हो । 

    सरावल गाउँवालिका वडा नम्बर ५ र ६ का कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ । सरावल गाउँपालिका भित्रका सम्पूर्ण किसानहरुलाई सरावल गाउँपालिकाले कृषि आधुनिकीकरणको विकास गर्नका लागि निशुल्क रुपमा विभिन्न सेवा सुविधा तथा कृषि सामाग्रीहरु उपलब्ध गराउदै आएको र भोलिको दिनमा पनि किसानहरुको हितका लागि काम गर्ने र आत्म निर्भर बनाउन सहयोग गर्ने पालिका अध्यक्ष चौधरीले बताए । 

    किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरेको बताउँदै कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कृषि उपकरण वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका थिए ।

    सरावल गाउँपालिका वडा नम्बर ६ मा मनकामना बिज विद्धि कृषक समुहद्धारा पम्पसेट १७ वटा ,मोटर ५ वटा स्प्रे टङ्कि ९ वटा ,डिलेबरि ३७० किलो ,रोटाबेटर १ वटा , पावर टिलर १ थान, सेक्सन पाईप १०० फिट ,डिजिटल काटा १ पिस ,हजारि २०  वटा ,औषधिहरु ,हाब्रो जाईम ९० पिस ,जिङ्ग सलफेट ३०० किलो, ग्रिन लेवल ८५ वटा ,जुनुन ५० एमएल ५० थान  ,ग्रिन मिक्स १०० थान ,किटनासक साईफर ५०५ को १५० थान, भुसिनासक ७६ पैकेट ,बर्से तरकारीको बीउ भिन्डि,  बोडि, खुर्सानि ,भन्टा ,घिरौला, टमाटर, २५ पोका लगाएको उपकरण तथा औषधिहरु किसानहरुलाई वितरण गरिएको हो ।

    यस्तै कृषि बहुमुखी सहकारी कृषक समूह सरावल ५ का कृषकहरुलाई पम्पसेट १४ वटा ,मोटर ६ वटा ,डिलेबरि ५७५ किलो ,पावर टिलर १ थान ,सेक्सन पाईप ३६० फिट ,फुटबल १२  थान लगाएतको कृषि उपकरण वितरण गरिएको छ ।

    त्यसैगरी त्रिशक्ति कृषक समूह सरावल(५ का किसानहरुलाई पम्पसेट १५०० आरपिएमको १० थान २६०० आरपिएमको १० थान डिलेबरि पाइप ३०० किलो,कृषि मोटर ७ वटा ,फुटबाल ६ थान, रोटाबेटर २ वटा ,सेक्सन पाईब २०० किलो ,स्प्रे टङ्कि ५ ,कम्पोष्ट मल १० टालि ,डिएपि ३० कुन्टल , युरिया ३५ कुन्टल ,जिङ्ग २० किलो , जैविक मल १०० किलो ,किटनासक साईबर ५०५,१०० ,२५ थान ,ढुसिनासक ४० पैकेट ,झारपातनासक जुनुन ५० एमएल ३५ थान ,होडिङ्ग बोर्ड १ थान लगाएतको औषधि तथा उपकरण वितरण गरिएको थियोे । 

    सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष कैलाश यादव, कृषि बहुमुखी सहकारी कृषक समूह सरावल ५ का अध्यक्ष कृष्ण जीवन तिवारी त्रिशक्ति कृषक समूह सरावल ५ का अध्यक्ष जोखु गौड  लगाएतको उपस्थितिमा युक्त कृषक समुहलाई कृषि उपकरण तथा औषधि र तरकारीहरु वितरण गरिएको सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij