
बिहिवार , आषाढ १७, २०७८
बुटवल, १७ असार ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको वर्ष २०२१/२०२२ अध्यक्षमा विष्णु प्रसाद चापागाई निर्वाचित भएका छन् । ११ औं पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रममा क्लबको वर्ष २०२०/२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले वर्ष २०२१/२०२२ अध्यक्ष विष्णु प्रसाद चापागाईलाई पद तथा क्लबको मेडल, बेल, माइन्यूट हस्तान्तरण गरेका हुन् ।
वर्ष २०२१/२०२२ को सचिवमा निराजन पोखरेल र कोषाध्यक्षमा देवीराम पाण्डे निर्वाचित भएका छन् । जोन २८ का वर्ष २०२१/०२२ का क्लब एसाईन एजी देवी गुरुङले अध्यक्ष चापागाईलाई तथा अध्यक्ष चापागाईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष चापागाईले आगामी वर्षभरी क्लबको वार्षिक कार्ययोजना र कार्यक्रमको जानकारी गराउँदै प्रतिवद्घता जनाए ।
कार्यक्रममा जोन २१ का एजी वर्ष २०२०/०२१ का एजी हरि प्रसाद पौडेलले क्लबका सदस्यहरु केवल पैसा मात्र नभइ समय, व्यवसायिक दक्षताबाट सहयोग दिन सकिने बताए ।
सर्भिस प्रोजेक्ट महत्वपूर्ण प्रकाश पार्दै रोटरी ग्लोबल ग्राण्डमा जम्मा गरिएको योगदानको धेरै गुणा फेरि सामाजिक क्षेत्रमा लगानी गराउन सकिने बताए । यसतर्फ अघि बढ्न सुझाव उनले दिए ।
वर्ष २०२१/०२२ का क्लब एसाईन एजी देवी गुरुङले क्लबबाट धेरै रचनात्मक योगदान दिएर फरक पहिचान बनाउन सफल भएको भन्दै सर्भिस प्रोजेक्ट र टिआरएफमा समेत योगदानका लागि अगाडि बढाउन सुझाव दिए ।
क्लबमा पूर्व अध्यक्ष तथा जोन २१ का पुर्व एजी खिमानन्द भुषाल, पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा, बालकृष्ण अर्याल, ओमप्रसाद अर्याल, क्लबका भिईपी विष्णु भण्डारी, वर्ष २०२०/२०२१ का सचिव दिपक भट्टराई, २०२०/२०२१ का कोषाध्यक्ष निरज श्रेष्ठ, क्लबका सदस्य भगवती अर्यालले वर्ष २०२०/२१ को वर्ष कोभिड संक्रमणका कारण धेरै कठिनाई उत्पन्न भएपनि महत्वपुर्ण कार्य भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij