
बिहिवार , आषाढ १७, २०७८
बुटवल, १७ असार ।
रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयले सहस्रनगर टोल तथा सहस्र तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री वितरण गरेको छ । खेल र खेलाडीको विकासमा सहयोग गर्ने उदेश्यका साथ सहस्रनगर तेक्वान्दो डोजाङलाई वडा नम्बर ३ ले करिब १८ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरिएको हो ।
वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठ, वडा सदस्य सरस्वती कुवर, सुमित्रा वि.क.ले सहस्रनगर टोल विकास संस्थाका अध्यक्ष नामदेव न्यौपाने, संस्थाका सल्लाहकार अम्मर खडका र सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेलाई सामग्री हस्तान्तरण गरेका थिए ।
वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठले युवा खेलाडी विकास गर्न स्थानीय पालिकाहरुको सहयोग जरुरी हुने बताए । वडा नम्बर ३ का कार्यालय सचिव पुनम कुवरले वार्षिक कार्ययोजना बनाएर कार्यालयबाट पूर्वाधार विकास र क्षमता विकासमा सहयोग गर्दै आएको बताइन् ।
सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेले क्षमतावान खेलाडीहरु पहुच र आफन्तवादका कारण पछि परेको भन्दै सरकारबाट आवश्यक सहयोग नमिलेको दुःखेसो गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij