images

आइतवार, बैशाख २३ गते २०८१

बुटवल उवासंघमा डीएसपी कुवँर र परामर्शदातालाई स्वागत

बुटवल उवासंघमा डीएसपी कुवँर र परामर्शदातालाई स्वागत

images
images
images
शुक्रवार, आषाढ १८ २०७८
शुक्रवार, आषाढ १८ २०७८
  • बुटवल उवासंघमा डीएसपी कुवँर र परामर्शदातालाई स्वागत

    बुटवल, १८ असार । 
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा इलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मदन कुँवरलाई स्वागत गरिएको छ । संघ सचिवालयमा शुक्रबार कार्यक्रमको आयोजना गरि बुटवलका नवआगन्तुक प्रहरी नायव उपरिक्षक कुँवरसहित संघमा मनोनित परामर्शदातालाई स्वागत गरिएको हो ।

    images
    images
    images

    संघले राजश्वतर्फ सिए हरि लम्साल, कानुनतर्फ बाबुराम पाण्डे, आर्थिकतर्फ राजेन्द्र वझा, वित्तियतर्फ प्रदिपकुमार श्रेष्ठ, कृषितर्फ भिम पौडेल, स्वास्थ्यतर्फ डा. अवधेश तिवारी, शिक्षातर्फ आनन्दमान सिंह शाक्य, प्राविधिक शिक्षातर्फ संस्थागत कोरिया नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल, पर्यटनतर्फ महेन्द्र थापा र उद्योग÷औद्योगिक क्षेत्र प्रवद्र्धनतर्फ रत्नहरी गौतमलाई परामर्शदाता मनोनित गरेको थियो ।

    स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझाले इलाका प्रहरी कार्यालयको स्थापनामा बुटवल उद्योग वाणिज्य संघको समेत भूमिका रहेको स्मरण गर्दै शान्ति सुरक्षा कायम गरेर व्यवसायिक वातावरण बनाउन आग्रह गरे । त्यसै गरी परामर्शदाताहरुलाई समेत गहन अध्ययन र विश्लेषण गरेर संघमा परामर्श गर्न उनले आग्रह गरे ।

    स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीहरुको हकहितसंगै यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा संघले गरेको योगदानको चर्चा गरे । उनले कोरोना भाइरस संक्रमणको महामारीका कारण आर्थिक क्षेत्र चलायमान हुन नसकिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा पनि व्यवसायिक वातावरण निर्माण गर्न आग्रह गरे । अध्यक्ष कसजूले व्यवसायिक प्रतिष्ठानलाई लक्षित गरेर चोरी तथा लुटपाटका घटना भइरहेको भन्दै शान्ति सुरक्षाको पाटोलाई प्रवल गराउन र व्यबसायिक वातावरण निर्माण गर्न आग्रह गरे ।

    त्यस अवसरमा इलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक प्रहरी नायव उपरीक्षक कुँवरले शान्ति सुव्यबस्था कायम गर्न तथा व्यवसायिक सुरक्षामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउँदै त्यस्ता सूचना निसंकोच दिन आग्रह गरे । ‘प्रहरीलाई विश्वास गर्नुहोस्, सूचना दिनुहोला ।’ उनले भने–‘सूचनाको गोपनीयता कायम राख्नेछु ।’ प्रनाउ कुँवरले घटना घटिहाल्यो भने पनि त्यसको अनुसन्धानमा सीसीटिभी महत्वपूर्ण हुने भन्दै हरेक प्रतिष्ठानमा सीसीटिभी जोड्ने अभियान सञ्चालन गर्न आग्रह गरे ।

    कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजुले व्यवसायिक हकहित मात्रै नभएर शिक्षा, स्वास्थ्य तथा सामाजिक बिकासमा योगदान दिएको बताउँदै व्यवसायीहरुको एक मात्रै माग व्यवसायिक वातावरण निर्माण होस् भन्ने रहेको बताए । 
    कार्यक्रममा परामर्शदाता हरि लम्साल, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले बोलेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij