images

बुधवार, बैशाख १२ गते २०८१

भैरहवाको फुडबैंकमा भिड, समुदायस्तरमा कोरोना फैलने त्रास

भैरहवाको फुडबैंकमा भिड, समुदायस्तरमा कोरोना फैलने त्रास

images
images
images
आइतवार, भाद्र १४ २०७७
आइतवार, भाद्र १४ २०७७
  • भैरहवाको फुडबैंकमा भिड, समुदायस्तरमा कोरोना फैलने त्रास

    भैरहवा, १४ भदौ । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमणको दर निकै बढेको छ । जिल्लामा प्रत्येक दिन नयाँ संक्रमित थपिएका छन् ।

    जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीका पालिकाहरुको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ १४ गते (आज) राति १२ बजेसम्मका लागि जिल्लाभर निशेषाज्ञा जारी गरेको छ ।

    कतिपय पालिकाहरुले त पसलहरु खोल्दा भिडभाड हुने र त्यसका कारण कोभिड–१९ को संक्रमण समुदायस्तरमा अझै विकराल रुपमा फैलिन सक्ने भन्दै दुधजन्य र औषधीजन्य पसलबाहेकका सबै पसल बन्द गराएका छन् ।

    स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्यांक अनुसार जिल्लामा पछिल्लो समय देखिएका कोरोना संक्रमितमा संक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ ।

    जिल्लामा आइतबार दिउँसो १ बजेसम्ममा कोरोना संक्रमित ८ सय ८८ जना रहेका छन् । जिल्लामा ४ सय ९८ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।

    कोरोनाको संक्रमण बढेपछि स्थानीय प्रशासनले भेला हुन, कार्यक्रम गर्न तथा  अत्यावश्यकबाहेकका काममा ननिस्कन आग्रह गरेको छ । तर, यहाँको एक संस्थाले फुड बैंकको नाममा भिड जम्मा गराउने काम गरेको छ । भैरहवाको मायादेवी च्यारिटेबल फाउण्डेशन नामक संस्थाले भैरहवाको गल्लामण्डीमा प्रहरी बिटको आडमै फुड बैंक स्थापना गरेर भिडभाड गराउँदासम्म पनि प्रहरी प्रशासन रमिते बनेको छ ।

    images



    सेवा गर्ने मनसायले खोलिएको फुड बैकमा जम्मा भएको भिडले कोरोना संक्रमण फैलाउने त्रास बढेको छ । बिना कुनै स्वास्थ्य सुरक्षा जम्मा हुने भिडले समुदायमा कोरोना फैलिन सक्ने हुँदा यसलाई व्यवस्थित गरेर मात्र सञ्चालन गर्नुपर्ने आवाज उठिरहेको छ ।

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले समाजसेवाको नाममा खोलिएको फुडबंैकमा लागेको भिडले समुदायमा कोरोना फैलिने भन्दै स्थानीय प्रशासनको समयमै ध्यानाकर्षण हुनुपर्ने जोड दिएका छन् । जिल्लाका केहि पालिकाहरुले कोरोना फैलिने डरमा खाद्य तथा तरकारी पसल समेत खोल्न नदिएका बेला स्थानीय प्रशासनले फुड बैकका जम्मा हुने भिडलाई किन नियन्त्रण गर्न नसकेको, अध्यक्ष भण्डारीले खबरपात्रोसंग भने– ‘फुड बैंकमा जम्मा भएका व्यक्तिबाट कोरोना नफैलने भए जिल्लाभरका पसल खोल्न दिनु प¥यो ।’ अध्यक्ष भण्डारीले मायादेवी च्यारिटेबल फाउण्डेशनले समाजसेवा गर्ने नाममा स्थानीय उद्योगी तथा व्यवसायीलाई नैतिक दवाव दिएर खाद्यान्न लगायतका सामाग्री जुटाउने गरेको समेत आरोप लगाए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव समेत रहेका व्यवसायी नेत्र प्रसाद आचार्यले फुड बैंक स्थापनाको उद्धेश्य राम्रो भएपनि स्वास्थ्य सुरक्षा नअपनाई भिड लगाएर वितरण गरिने खाद्य सामाग्रीले कोरोना फैलिन सक्नेतर्फ ध्यान दिनुपर्नेमा बताए । उनले सामान लिन जानेलाई सामाजिक दुरी कायम गरेर, मास्क र सेनिटाइजर लगाउन भनेर मात्रै वितरण गर्नुपर्नेमा जोड दिए ।

    स्थानीय वाइपी आचार्यले फुड बैंकको अवधारणा राम्रो भए पनि व्यवस्थित तरिकाले सञ्चालन नगरिदा भिडभाड बढेको बताए । उनले भिडभाड नगर्नका लागि स्वयंसेवक खटाएर वितरण गर्न सुझाव दिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेम कुमार थापाले खाद्य बैंकमा देखिएको भिडले समुदायस्तरमा कोरोना फैलिन सक्ने भन्दै यसलाई रोकिने बताए । उनले स्वास्थ्य मन्त्रालयको मापदण्ड बाहिर गएर खाद्य बै)कमा भिडभाड गराएका कारण समुदायस्तरमा कोरोना फैलिने हुँदा यसलाई बन्द गर्नुको विकल्प नभएको बताए ।

    एसपी थापाले फाउण्डेसनले स्थानीय प्रहरी प्रशासनसंग कुनै पनि अनुमति नलिइ फुड बैंक चलाएको समेत उल्लेख गरे । ‘हामीसंग कुनै पनि सहमति लिनु भएको छैन्, सामान्य कुरा मात्रै गर्नु भएको थियो, थापाले भने मैले भिडभाड नगर्न भनेको थिए उहाँहरुले भिडभाड गराउनु भयो, त्यसैले यसलाई रोक्नुपर्ने भयो ।’

    फाउन्डेशनका अध्यक्ष रवि कुमार रौनियारले सुरुका केही दिन भिडभाड भए पनि अहिले भने भिडभाड नगरिएको बताए । उनले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सुरक्षा अपनाएर मात्रै वितरण गर्ने गरेको बताए । फुड बैंकमा दिनमा झण्डै ३ सयको हाराहारीमा मानिसहरु खाद्यन्न लिन आउने गरेको बताइएको छ ।

    एक वर्षअघि २५ रुपैयाँमा शुद्ध शाकाहारी खाना खुवाउने अभियान चलाउँदै स्थापना भएको मायादेवी च्यारिटेवल फाउण्डेशनले केही समयसम्म २५ रुपैयाँमा खाना खुवाए पनि कोभिड–१९ को महामारीका बेला सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारिन्टनमा खाना खुवाएवापत नगरपालिकाबाट प्रतिछाक ७३ रुपैयाँ लिएको थियो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले फाउण्डेशनले एक छाक खाना खुवाएवापत ९८ रुपैया मुल्य कायम गरी २५ रुपैया फाउण्डेशनले योगदान गरेवापत छुट गरी नगरपालिकाले ७३ रुपैयाँ भुक्तानी गरेको स्पष्ट पारे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij