२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सहकारीमा आबद्ध कृषक सदस्यलाई गाई पालनका लागि अनुदान रकम उपलब्ध

सोमवार , आषाढ २१, २०७८

परासी। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले 'लागत साझेदारी गाई प्रवर्द्धन कार्यक्रम' अन्तर्गत गाई पालनका लागि कृषकलाई अनुदान रकम उपलब्ध गराएको छ।

नगरपालिकाले सुनवल १२ नम्बर वडामा रहेको श्री भुमही दुग्ध उत्पादक सहकारी सस्थामा आबद्ध ४१ जना कृषक सदस्य र सुनवल ११ मा रहेको मिश्रौली कृषी सहकारी सस्थामा आबद्ध ९ जना कृषक सदस्य गरि ५० जना कृषकका लागि गाई पालनका निम्ति अनुदान रकम उपलब्ध गराएको छ।

ति कृषकका लागि जर्सि (होलस्टेन) गाई र भेटनरि सामाग्री खरिदका निम्ति कृषक र नगरपालिकाको ५०/५० प्रतिशत लागत सहभागीता हुने गरि नगरपालिकाले ६३ लाख ५ सय रुपैयाँ अनुदान स्वरुपको रकम उपलब्ध गराएको श्री भुमही दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष भुपराज भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार नगरपालिकाले लागत साझेदारीमा उपलब्ध गराएको र कृषकले संकलन गरेको कुल रकममध्ये १ करोड रुपैयाँ गाई खरिदमा र २७ लाख रुपैयाँ बराबरको भेटनरी सामाग्री खरिदमा खर्च गरिएको छ। अनुदान प्राप्त कृषकले कम्तिमा ५ वटा सम्म गाई पाल्नुपर्ने व्यवस्था गरिएको छ।