
सोमवार , भाद्र १५, २०७७
बुटवल । रौतहट हनुमान मन्दिरका पुजारी राम शाहका हत्यारालाई तत्काल खोजी गरी कार्वाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्रीक बिद्यार्थी संगठनले बिरोध प्रर्दशन गरेको छ । राप्रपा निकटको संगठनले बुटवलको अस्पताललाईनमा साङकेतिक रुपमा बिरोध प्रर्दशन गरेको छ ।
संगठनका केन्द्रिय सदस्य अमृत पाण्डेको नेतृत्वमा प्रवासी नेपाली एकता समाज मध्यपुर्व संयोजक तोयनाथ लम्साल, राप्रपाका बुटवल उपमहानगर अध्यक्ष निरजप्रताव खाण लगाएतको उपस्थिीतिमा बिरोध सभा गरिएको हो ।
उनीहरुले पजारी हत्याराको खोजी गरी कार्वाहीको माग गर्नुका साथै धार्मिक व्यत्तित्वमाथि भईरहेका साङघातिक हमला अन्त गर्न माग गरे । कोरोना भाईरसका कारण गरिएको लकडाउनका गर्दा भिडभाड नगरी साङकेतिक रुपमा बिरोध पर्दशन गरिएको संगठनले् जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij