२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

दक्षिण कोरियामा कोभिडका संक्रमित बढ्न थाले

बुधवार , आषाढ २३, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • सोल, २३ असार ।
    दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका संक्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन्  ।यहाँ केही दिनयता कोभिडका संक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा सुरु हुँदैछ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका संक्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।

    दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना संक्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।

    यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमतहरुको संख्या बढ्दो देखिएको छ । मंगलबार देखिएको १ हजार २१२ जना संक्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो । तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका संक्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मंगलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।

    यहाँका स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यहाँ यति धेरै संख्यामा संक्रमित भेटिएको बताएका छन् । यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ ।  बुधबार देखिएका यी संक्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा संक्रमितहरु देखिँदा अर्काे वेभको त्रास बढेको समाचारमा जनाइएको छ । रासस