images

सोमवार, बैशाख २४ गते २०८१

भैसी खरिद गर्ने कृषकलाई मालिका गाउँपालिकाको ५० प्रतिशत अनुदान

भैसी खरिद गर्ने कृषकलाई मालिका गाउँपालिकाको ५० प्रतिशत अनुदान

images
images
images
बुधवार, आषाढ २३ २०७८
बुधवार, आषाढ २३ २०७८
  • भैसी खरिद गर्ने कृषकलाई मालिका गाउँपालिकाको ५० प्रतिशत अनुदान

    गुल्मी, २३ असार ।
    दुग्धमा गाउँपालिकालाई आत्मनिर्भर तथा कृषकलाई पशुपालन तथा कृषिमा व्यवसायिक बनाउने उद्देश्यका साथ गुल्मीको एक स्थानीय तहले उन्नत जातको भैसी पाल्ने कृषकलाई ५० प्रतिशत अनुदान दिएको छ । जिल्लाको मालिका गाउँपालिकाले आर्थिक वर्ष ०७७।७८ सालको लागत साझेदारी कार्यक्रम अन्तरगत ४ र ६ नम्बर वडाका गरी कुल ३४ जना कृषकले उन्नत जातको गाउँपालिकाको ५० प्रतिशतन अनुदानमा भैसी पाउने भएका छन् । 

    images
    images
    images

    गाउँपालिलाई दुग्धमा आत्मनिर्भर बनाई कृषकलाई पशुपालन तथा कृषिमा आकर्षित गर्ने लक्ष्यका साथ यो कार्यक्रम अगाडि बढाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । भैसी लिएर पाल्न चाहने कृषकलाई ५५ हजारसम्म अनुदान दिई कृषकलाई दुग्धमा व्यवसायिक गर्न गाउँपालिकाले २१ लाख रकम बिनियोजन गरेको भण्डारीले बताए । 

    गाउँपालिकाको वडा नम्बर ४ अर्खाबाङ्गमा १७ जना कृषकले उन्नत जातका भैसी खरिद गरिसकेको वडा अध्यक्ष हिरालाल अर्यालले जानाकारी दिए । पछिल्लो समय कृषकको कृषि तथा पशुपालनमा बढ्दो आकर्षण देखिएकाले गाउँपालिकाले दिएको अनुदानले कृषकलाई केहि हदसम्म राहत मिलेको र किसानमा उत्साह थपिएको वडाअध्यक्ष अर्यालले बताए ।  

    त्यस्तै गाउँपालिका वडा नम्बर ६ अर्जैमा १७ जना किसानमध्ये १२ जनाले उन्नत जातको भैसी खरिद गरिसेका छन् भने ५ जना किसान खरिद प्रक्रियामा रहेका मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए । उन्नत जातको भैंसी पालन गर्दा कृषि उत्पादनसंगै किसानको आयस्तरमा वृद्धिका साथै दुधमा आत्मनिर्भर हुने गाउँपालिकाले कृषकबाट अपेक्षा लिएको प्रवक्ता गिरीले बताए ।

    उन्नत जातको भैसी खरिदमा गाउँपालिकले प्रदान गरेको कार्यक्रमले आफू लगायतका अन्य कृषक उत्साहित रहेको कृषक मालिका–६ अर्जे फुलबारीका कृषक जुद्ध खत्री बताउँछन् । कृषक जुद्ध खत्री भन्छन्, “मलाई मन परेको भैसी १ लाख ३० हजारमा लिएँेँ मलाई गाउँपालिकले ५५ हजार दिने भनेको छ ” । खत्री जस्ता अन्य किसानले आफैले रोजेर आफूलाई मन पर्ने उन्नत जातको भैंसी लिएका छन् त कति लिने प्रक्रियामा छन् । उनीहरुले खरिद गरेपछि गाउँपालिकाले रकम भुक्तानी गर्नेछ । यसरी स्थानीय बजारमा दुधको बजारीकरण गरी गाउँपालिकामै केही युवालाई रोजगारी तथा व्यवसायिक कृषक बनाई ठाउँठाउँमा डेरी संञ्चालनको योजनामा मालिका गाउँपालिका रहेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij