२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

सोमवार , भाद्र १५, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १५ भदौ ।
    पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ का १७ वर्षिय सदाव आलम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    प्रहरीका अनुसनर आफ्नो घरदेखि अन्दाजी १ सय मिटर पूर्वमा रहेको पानी पोखरीमा नुहाउने क्रममो डुबेको छिमेकीले थाहा पाएपछि तत्काल आलमलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको थियो ।

    उपचारको क्रममा आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।