
शनिवार , आषाढ २६, २०७८
तिलोत्तमा। लिस्नु युवा क्लव कोटिहवाको अध्यक्षमा पुन तिर्थराज मल्ल (तारा)को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कोटिहवामा सम्पन्न सातौ अधिबेशन तथा साधारण सभाले मल्लको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो।
आगामि चार बर्षे कार्यकालका लागि भएको अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा नेमबहादुर गुरुङ, उपाध्यक्षमा कृष्ण गुरुङ, सचिवमा मनोज कुमार क्षेत्री, सहसचिवमा राम प्रसाद भण्डारी, कोषध्यक्षमा प्रकाश पाण्डे, सह कोषाध्यक्षमा जीवन आले निर्वाचित भएका छन्।
क्लवको सदस्यमा बुद्धि प्रसाद गुरुङ, अशोक थापा, होम बहादुर गुरुङ, शिव दयाल यादव, सर्वजित गुरुङ, युवराज गुरुङ, गोपाल खरेल, दिपक खरेल, सुमन गुरुङ। जसराम सारु, राजन गुरुङ, प्रविन गुरुङ, कुशल भण्डारी र एक जनालाई कार्यसमितिले मनोनित गर्ने गरी कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक डोलराज बस्यालले जानकारी दिए। निर्वाचन समिति सदस्यमा मानबहादुर खाती, बाबुला बन्जाडे रहेका थिए।
साधारण सभा तथा अधिबेशनमा बोल्दै तिलोत्तमा नगरपालिका बडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ (मुन्ना)ले क्लवको खेलकुदका साथै सामाजिक कार्यमा पनि अग्रसर भएको उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।
निर्वाचित अध्यक्ष मल्लले क्लवको बाँकी सदस्य र सल्लाहकार पदमा क्लवको पहिलो बैठकले मनोनित गर्ने बताए। उनले क्लवको अग्रसरतामा कोटिहवामा कवर्ड हल निर्माण गर्न लागिएको बताए। उनले प्रदेश सरकारको १५ लाखको सहयोगमा कर्वड हल निर्माण गर्न लागिएको बताए।
क्लवले खेलाउने लिस्नु कप फुटवलले देशमै ख्याती कमाएको छ। पछिल्लो दुई बर्ष कोरोना महामारी र खेल मैदान मर्मतका कारण लिस्नु कप हुन सकेको छैन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij