
शनिवार , आषाढ २६, २०७८
बुटवल, २६ असार ।
रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को दोस्रो एवं क्लवको १३७२ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित बैठकको एजेण्डा उद्योगी व्यवसायी विरेन्द्र रानाको क्लासिफकेशन रहेको थियो । त्यस अवसरमा आफ्नो धारणा राख्दै उद्योगी रानाले विषम परिस्थितिका कारण उद्योग व्यवसाय क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सरकारले पनि कोभिडबाट प्रभावित उद्योग क्षेत्रलाई माथि उठाउन ठोस योजना नल्याएको बताए । बैठकमा उनले उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पनि जानकारी गराएका थिए । त्यस अवसरमा क्लव मेन्टर पुरनप्रसाद श्रेष्ठ रोटरीयन मणिरत्न पाण्डे लगायतले उद्योगी रानासँग विभिन्न जिज्ञासाहरु राखेका थिए ।
भर्चुअल रुपमा आयोजित बैठकमा क्लबका पूर्व अध्यक्ष राजेन्द्र लम्सालले क्लवले नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा सञ्चालन गर्न लागेको ब्लड कलेक्शन मोवाइल भ्यानको पछिल्लो प्रगतिको बारेमा जानकारी गराएका थिए । बैठकमा क्लबका सचिव खिमनारायण पराजुली, रोहित पुरी, प्रेस सल्लाहकार लक्ष्मण पौडेल लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij