२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

रुपन्देहीमा सोमबार थपिए २५ जना कोरोना संक्रमित

सोमवार , भाद्र १५, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १५ भदौ ।
    रुपन्देहीमा सोमबार थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १० जना महिला र १५ जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा १६, सिद्धार्थनगर नगरपालिकामा ३, ओमसतिया गाउँपालिकामा २, तिलोत्तमा नगरपालिकामा ३ र कोटहीमाई गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो तथ्यांक सोबार सांझ साढे ५ सम्मको हो ।

    नेशनल प्याथ ल्याब र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए ।

    यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार १ पुगेको छ ।  त्यस्तै जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ४३३ जना निको भइसकेको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ५५८ जना उपचार गराइरहेका छन् ।