images
images

शुक्रवार, जेठ ४ गते २०८१

३ घण्टाको पानीले डुब्यो भैरहवा (तस्वीरसहित)

३ घण्टाको पानीले डुब्यो भैरहवा (तस्वीरसहित)

images
images
images
आइतवार, आषाढ २७ २०७८
आइतवार, आषाढ २७ २०७८
  • ३ घण्टाको पानीले डुब्यो भैरहवा (तस्वीरसहित)

    भैरहवा, २७ असार ।
    भैरहवामा आइतबार बिहानदेखि परेको वर्षाका कारण भैरहवाको अधिकांश क्षेत्र डुबानमा परेको छ । नगरपालिकामा ढल व्यवस्थापन कमजोर हुनु तथा नाला भन्दा सडकको भाग होचो भएका कारण भैरहवा क्षेत्र डुवानमा परेको हो । ढल व्यवस्थापन र सडक निर्माणमा नगरपालिकाले करोडौ रुपमा खर्चिए पनि प्रभावकारी काम हुन नसक्दा नगरपालिका वर्षेनी डुबानमा पर्ने गर्दछ ।

    images
    images
    images

    भैरहवाको बैकरोड, गल्लामण्डी, जनकपथ, गार्गी पथ, बैककलोनी, अन्नपूर्ण टोल लगायतका क्षेत्र डुबानमा परेको छ । सडकमा भरिएको पानीका कारण बैक रोडमा पार्किङ गरी राखिएका सवारीसाधन सडकमै डुबेका छन् । रुपन्देहीका अधिकाशं सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।
    बिहान दुई अढाई घण्टा परेको पानीले भैरहवा डुबानमा परेको बैंकरोडका व्यवसायी रामकिसन विश्वकर्माले बताए । वर्षातका कारण कतिपय पसलमा पानी पसेको बताए । ‘बिहान २/३ घण्टा पानी पर्दा त भैरहवाका अधिकांश स्थानमा डुबानमा परेको छ, उनले भने–यही गतिमा दिनभर पानी परे यहाँको अवस्था के होला ?’ 

    बिहानदेखि परेको पानीले सडकमा पानी जमेको बैंकरोडका अर्का व्यवसायी प्रविन शर्माले बताए । केही पसलभित्रै पानी पसेको शर्माले जानकारी दिए । ‘वर्षाले पीच सडकमै पानी जमेको छ, अझ पसलभित्रै पानी पसेको छ, निषेधाज्ञा खुकुलो भएसंगै निश्चित अवधिका लागि सञ्चालन भएका पसलमा ग्राहकहरु पानी परेपछि त्यत्ति आउनुहुन्न, ’उनले भने । भैरहवामा बिहानदेखि लगातार वर्षा भइरहेको छ ।

    सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले सामान्यतया १२५ मिलिलिटर भन्दा बढी पानी परेपछि सडक जलमग्न भएको बताए। उनले वर्षा रोकिएको एक घण्टापछि भने सडकमा पानी नदेखिने बताए । नालामा फोहोर फाल्दा नाला पुरिएकोले पानीको निकास नहुने भएका कारण सडकमा पानी जमेको उनको भनाइ छ । त्यस्तै भैरहवाको दक्षिणतर्फ रहेको ड्याम पानी तत्काल नखोल्दा सडकमा पानी जम्ने गरेको श्रेष्ठले जानकारी दिए ।

    IMG-20210711-WA0048.jpgIMG-20210711-WA0057.jpgIMG-20210711-WA0060.jpgIMG-20210711-WA0055.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij