
आइतवार , आषाढ २७, २०७८
भैरहवा, २७ असार ।
भैरहवामा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसले प्रर्दशन गरेको छ । राजनीतिक अस्थिरता निर्दलीय सोच र प्रवृतिकाविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं भन्ने नारासहित भैरहवास्थित देवकोटा चोकमा आइतबार प्रर्दशन गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले बताए ।
प्रर्दशनमा सहभागि विद्यार्थीहरुले बहुदलीय लोकतान्त्रिक प्रणाली माथिको आक्रमण स्वीकार्य छैन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता फिर्ता गर, विद्यार्थी र शिक्षकलाई खोप दिइ पढाई, परीक्षा र शैक्षिक सत्र सुचारु गर, संवैधानिक सर्वोच्चता कायम गर, सार्वभौम जनताको अधिकार सुनिश्चित गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले राजनीतिक स्थिरता आजको आवश्यकता भएको बताए । उनले छिमेकी मुलुकको इसारामा आफनै दलको नेतृत्वमा रहेको सरकार ढाल्ने षडयन्त्र भइरहेको बताए । नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिरहेकोले मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिनुपर्ने उनले माग गरे ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य भीम भण्डारी, रुपन्देही जिल्ला सदस्य विवेक भण्डारी, सुनिल खनाल, भैरहवा बहुमुखी क्याम्पस कमिटी सचिव आशिष पन्त लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij