२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

नन्दन वनमा वृक्षारोपण

आइतवार , आषाढ २७, २०७८


बुटवल, २७ असार । 
लायन्स क्लब बुटवल खस्यौलीले वृक्षारोपण कार्यक्रम गरेको छ । लायन्स क्लब अफ बुटवल खसौली, लियो क्लब अफ बुटवल खस्यौली, लियो क्लब अफ बुटवल खसौली युथ, लियो क्लब अफ सैनामैना, लियो क्लब अफ लर्ड बुद्ध र लियो क्लब अफ सिमसारको संयुक्त पाच वटा लियो क्लबहरुको सहकार्यमा कपिलवस्तु, वाणगंगा नगरपालिका वडा नम्बर २ नन्दन वन, कैलाश आश्रम (श्री मनकामना संस्कृत बिधापिठ) परिसरमा ७ सय विभिन्न किसिमका बिरुवा रोपेका हुन । 

कार्यक्रम लायन्स क्लब अफ बुटवल खसौलीका वर्ष २०२१–२०२२ का अध्यक्ष विष्णु प्रसाद उपाध्यायले क्लबको वार्षिक कार्यक्रम अन्तरगत यस वर्ष वृहत रुपमा वृक्षारोपण गरिएको बताए । गुरु १००८ स्वामी लोकान्न्द महाराजबाट वृद्धाश्रमका रुपमा विकास भइरहेको सो वन क्षेत्रमा वृहत वृक्षारोपण गरिएको उनले बताए ।

कार्यक्रममा आदरणीय डिष्ट्रिक चिप एड्भाइजर उमंग देवकोटा, लायन्स कलब बुटवल खसौलीका संस्थापक अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठ (डिष्ट्रिक डिपार्टमेन्ट एमजिएफ मेम्बर) पूर्व अध्यक्ष लायन बाबुराम बोहरा (डिष्ट्रिक अनरी एड्भाइजर) पूर्व अध्यक्ष लायन गोपाल पान्डे (डिष्ट्रिक ए.ओ.जी.) पूर्व अध्यक्ष ज्ञान बहादुर पुन (एरिया–४ कोषाध्यक्ष) अध्यक्ष राजु पौडेल (जोन चेयरपर्सन) पूर्व अध्यक्ष रितेश सिलवाल, लियो काउन्सिलका विशिस्ट व्यक्तित्व, लियो अध्यक्षहरु खसौली लायन्सका सदस्य र लियोका सदस्यहरु कार्यक्रममा वृक्षारोपण गरेका थिए । 

सोही स्थानमा रहेको आश्रमलाई खाद्यान्न चामल, दाल, आलु, चिनी, हरियो साग सब्जी प्रदान गरिएको लायन क्लब अफ बुटवल खसौलीका क्लब सर्भिस डाइरेक्टर तथा कार्यक्रमको संयोजक प्रेम प्रकाश श्रेष्ठले बताए ।