images
images

सोमवार, जेठ ७ गते २०८१

मृगौलापीडित दुर्गा रानाको उपचारका लागि सहयोग जुटाइँदै

मृगौलापीडित दुर्गा रानाको उपचारका लागि सहयोग जुटाइँदै

images
images
images
सोमवार, आषाढ २८ २०७८
सोमवार, आषाढ २८ २०७८
  • मृगौलापीडित दुर्गा रानाको उपचारका लागि सहयोग जुटाइँदै

    भैरहवा, २८ असार ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहियाका २२ वर्षिय दुर्गा राना (अर्जुन)को उपचारका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । मृगौलासम्बन्धि रोगबाट पीडित दुर्गाको उपचारका लागि बेलहिया युवा सामाजिक अभियन्ता समूह सि.न.पा.–१ बेलहियाको अगुवाइमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको हो । 

    images
    images
    images

    अभियन्ता समूहका अध्यक्ष सुमन शर्माले दुवै मृगौला खराब भएका कारण दुर्गाको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक संकलन अभियान सञ्चालन गरिएको बताए । उनले मृगौला प्रत्यारोपणको लागि करिब १० लाख रुपैयाँ लाग्ने र समूह उक्त रकम संकलन अभियानमा लागेको बताए ।  ‘पीडित परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले मृगौला पीडित दुर्गा रानाको उपचारका लागि सहयोग गर्न सम्पूर्ण सहयोगी मनका धनीहरुसंग अनुरोध गरेका छौं, ’उनले भने ।

    समूहका सचिव माधव शर्माले मृगौलासम्बन्धि रोगबाट पीडित दुर्गा राना (अर्जुन)को उपचारका लागि सहयोग जुटिरहेको बताए । उनले मृगौला प्रत्यारोपणका लागि थप रकम आवश्यक रहेकोले सहयोग गर्न सम्पूर्ण सहयोगी मनलाई आग्रह गरे । दुर्गालाई सुमन कुमार शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंक, ड्राइ पोर्ट, भैरहवाको खाता नम्बर ३४९०००००२९१० मा अथवा ई–सेवा नम्बर ९८५७०२२१५० मार्फत सहयोग गर्न सकिने शर्माले जानकारी दिए ।

    वैदेशिक रोजगारीका क्रममा कम्बोडिया गएका दुर्गा मृगौलासम्बन्धि रोगबाट पीडित भएपछि स्वदेश फर्केर उपचार गराइरहेको बेलहिया युवा सामाजिक अभियन्ता समूहका कोषाध्यक्ष देवराज न्यौपानेले बताए । हालसम्म करिब साढे ३ लाख रकम बढी संकलन भएको न्यौपानेले जानकारी दिए । आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । बेलहिया युवा सामाजिक अभियन्ता समूहको अगुवाइमा विभिन्न व्यक्तिहरूबाट सहयोग रकम प्राप्त भइरहेको पीडित दुर्गाका बुवा कृष्ण राना मगरले बताए । दुई वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडिया गएका थिए । 

    कम्बोडिया गएको केही समयपछि लकडाउन भयो, त्यसपछि उनी कोठामै बस्न थाले, दुर्गाका बुवा कृष्णले भने, ‘दोस्रो पटकको लकडाउनपछि थकान महसुस हुने, सास फुल्ने जस्ता स्वास्थ्यसम्बन्धि समस्या भएपछि परीक्षण गराउँदा मृगौलासम्बन्धि समस्या देखियो ।’

    लकडाउनपछि कोठामै बसेर समय बिताएको छोराको पब्जी खेलमा व्यस्त भएको उनले बताए । ‘लकडाउनको अवधिमा बाहिर ननिस्केर कोठामै बसेको बेला दुर्गा निरन्तर पब्जी खेल्न थाल्यो, पब्जी खेल्ने क्रममा समयमै खानपिन तथा स्वास्थ्यमा ध्यान दिन नसकेको कारण यो समस्या आयो, ’उनले भने । छोराको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने बेलहिया युवा सामाजिक अभियन्ता समूहलाई उनले धन्यवाद दिए ।

    208565626_4317439021652867_8070721856003714809_n.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij