२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

ब्रिटिस कलेजले लियो रुपन्देहीको नमस्ते एकेडेमीको व्यवस्थापन

सोमवार , आषाढ २८, २०७८

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल। काठमाडौँको थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलमा नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ।

    सन २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गर्दै आएको ‘ब्रिटिस एजुकेसन गु्रप’ले नमस्ते एकेडेमीको पनि व्यवस्थापन हेर्ने भएको हो।

    टीबीसीले व्यवस्थापनको साझेदारी गरेको सो समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेसन गु्रपमा आएकाले आगामी दिनमा राम्रो शिक्षा प्रदान गरिने बताए। 

    नमस्तेको शैक्षिक अवस्था र व्यवस्थापनमा सुधार गर्न विद्यालयको एकेडेमी डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दक्खल रहेको बार्थोलोमउ बेलायती नागरिक हुन। 

    बेलायतमा धेरै शैक्षिक परियोजनाको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ।