images
images

सोमवार, जेठ ७ गते २०८१

खोप उपलब्ध गराउन रुपन्देही सुनचाँदी व्यवसायी संघको अपील

खोप उपलब्ध गराउन रुपन्देही सुनचाँदी व्यवसायी संघको अपील

images
images
images
सोमवार, आषाढ २८ २०७८
सोमवार, आषाढ २८ २०७८
  • खोप उपलब्ध गराउन रुपन्देही सुनचाँदी व्यवसायी संघको अपील

    भैरहवा, २८ असार ।
    रुपन्देही सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले फ्रन्टलाइनर व्यवसायीहरुलाई कोरोना संक्रमणबाट सुरक्षा प्रदान गर्नका लागि प्रमुख प्राथमिकतामा राखी छिठो भन्दा छिटो खोप उपलब्ध गराउन अपील गरेको छ । संघले कोभिड–१९ को दोस्रो लहरको संक्रमणबाट उद्योगी व्यवसायीहरुले उपचारको सुविधा समेत पाउन नसकि ज्यान समेत गुमाउनुपरेकोले खोप उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएको छ ।

    images
    images
    images

    सोमबार संघले विज्ञप्ती जारी गर्दै सुनचाँदी व्यवसायसहित उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसंग माग गरेको हो । संघका अध्यक्ष रामकिशन विश्वकर्माले विज्ञप्ती जारी गर्दै व्यवसायी तथा कारिगरहरुलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र अस्तव्यस्त भइरहेको व्यवसाय तथा राष्ट्रको अर्थतन्त्रलाई मुलधारमा ल्याउन खोप लगाउने प्राथमकितामा नराखिनुले निराश बनाएको बताएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न भरपर्दो अवस्था भनेकै कोरोनाविरुद्धको खोप भन्ने पुष्टि भइसकेको अध्यक्ष विश्वकर्माले बताए ।

    ‘संक्रमण नियन्त्रण र रोकथाम गर्न व्यवसाय बन्द भएको अवस्थामा हामी व्यवसायीहरु बैंकको ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व, कर्मचारी तलब, कारीगरको हेरचाह इत्यादी भुक्तानी गर्नुपर्ने दबाबका कारण व्यवसायी तथा कारीगारहरु ज्यादै मर्कामा परेको र व्यवसायबाट नै विस्थापित हुने अवस्था भइरहेको छ, ’विज्ञप्तीमा उल्लेख छ । संक्रमणसंगै कोरोनाको थप कडा प्रकृतिको भेरियन्ट आउँदै जाँदा निषेधाज्ञा मात्र कोरोना संक्रमण नियन्त्रणको हुन नसक्ने संघले भनाइ छ । कोरोना संक्रमण नियन्त्रण गर्ने निषेधाज्ञाको समय थप गर्दै २०७८ जेठ ३१ सम्म पूर्ण रुपमा व्यवसाय बन्द भएको र असार १ गतेबाट आंशिक रुपमा बजार व्यवसाय सञ्चालन गरिरहेको अवस्था विद्यमान रहेको अध्यक्ष विश्वकर्माले बताए ।

    ‘विश्वव्यापी कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीको विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि नेपाल सरकारबाट वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञासम्बन्धी नीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरी आम नागरिक हामी सम्पूर्ण सुनचाँदी व्यवसायीहरुले आ–आफ्नो दैनिक गतिविधिहरु प्रशासनको आदेश अनुसार समयअनुकुल आंशिक रुपमा सञ्चालन भइरहेको जानकारी गराउन चाहन्छौं, ’विज्ञप्तीमा भनिएको छ ।

    IMG_20210712_113754.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij