२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

मिलानो चप्पलकाे फैक्ट्रीमा आगलागी

सोमवार , आषाढ २८, २०७८

  • 8.2K
    Shares
  • 8.2K
    Shares
  • परासी, २८ असार। पश्चिम नवलपरासीको एक चप्पल फ्क्ट्रीमा आगलागी भएको छ। आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो।

    चप्पल उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखेको ठाउँमा आगलागी भएको र आगलागी के कारणले भएको अझै खुलेको छैन। आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको गरि ३ वटा दमकल प्रयोग गरिएको छ भने आगो नियन्त्रणकाे लागि नेपाल तथा शसस्त्र प्रहरी र स्थानियहरु प्रयास गरिरहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए।

    आगलागीले उद्योगमा लाखाैकाे क्षति भएको उद्याेगले जनाएकाे छ। प्रहरी नायब उपरिक्षक लामाका अनुसार आगो केहि समयमा नियन्त्रणमा आउने बताए।