images

शुक्रवार, बैशाख २१ गते २०८१

ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट ५९५ जनाको मृत्यु

ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट ५९५ जनाको मृत्यु

images
images
images
सोमवार, आषाढ २८ २०७८
सोमवार, आषाढ २८ २०७८
  • ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट ५९५ जनाको मृत्यु

    २८ असार (रासस÷सिन्ह्वा) : कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ। प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो। यसका यहाँ यो संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ।

    त्यसैगरी यहाँ कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ। यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

     ब्राजिलमा दुई महिना अघि कोभिडका संक्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ। यहाँको सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ। ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी संक्रमणमा परेको शहर हो।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij