२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लायन्स सिद्धार्थनगर टुलिपद्वारा वृक्षारोपण

सोमवार , आषाढ २८, २०७८

भैरहवा, २८ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले लुम्बिनीस्थित धम्मजननी विपश्यना केन्द्र परिसरमा वृक्षारोपण गरेको छ । क्लबले वृक्षारोपणका लागि उपयुक्त ठाउँ रोजेर केन्द्र परिसरमा सोमबार ५० वटा विरुवा रोपेको अध्यक्ष माया सारु मगरले बताइन् । 

वृक्षारोपणका  लागि उपयुक्त स्थान जस्तो लागेर तथा रोपिएका विरुवाहरुको संरक्षण पनि हुने जानकारी पाएपछि धम्मजननी विपश्यना केन्द्र परिसरमा कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक उपसचिव विजय पाण्डेले क्लबले विपश्यना केन्द्रका ट्रष्टी विजय पाण्डेले लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले वृक्षारोपणको लागि उपयुक्त रोजेको भन्दै क्लबलाई धन्यवाद दिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पदाधिकारी तथा लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्य, डिष्ट्रिक पदाधिकारी रुपमा हिराचन लगायतले बोलेका थिए । कार्यक्रममा धम्मजननी विपश्यना केन्द्रका व्यवस्थापक दधि सुवेदीले विपश्यना ध्यान गर्न आवश्यक रहेकोमा जोड दिए । 

लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका अध्यक्ष माया सारु मगरको अध्यक्षता, कार्यक्रम संयोजक यमकला न्यौपानेको स्वागत, प्रथम उपाध्यक्ष निर्मला श्रेष्ठको धन्यवाद ज्ञापन तथा सचिव मिनिता थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।