२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

रामग्राम नगरपालिकाद्वारा डाक्टर कौशलेन्द्र श्रीवास्तव सम्मानित

बुधवार , आषाढ ३०, २०७८

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • परासी, ३० असार। रामग्राम नगरपालिकाले विद्वान डाक्टर कौशलेन्द्र बहादुर श्रीवास्तवलाइ ५१ हजार नगद सहित सम्मान गरेको छ। नगरपालिकाको आज आठौ नगरसभा समापन कार्यक्रममा विद्वान डाक्टर श्रीवास्तवलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।

    सभामा डाक्टर श्रीवास्तबलाइ सम्मान पत्र सहित ५१ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको थियो। बिगत लामो समय देखि निरन्तर शान्तीका अग्रदुत गौतम बुद्धको अष्तिधातु रहेको एतिहासिक एवं पुरातात्त्विक स्थल रामग्राम स्तूप र कोलिय गणराज्यका राजधानी एवं बुद्धको मावली रहेको पन्डितपुरको महत्व र इतिहासका बारेमा अध्ययन अनुसन्धान गरि विभिन्न लेख र रचना मार्फत त्यस्को महत्त्व उजागर गर्दै अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान पुर्याएकोले उनलाई सम्मान गरि हौसला प्रदान गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिए ।

    अष्तिधातु रहेको रामग्रम स्तूप नगरपालिकाको वडा ७ उजैनी गाउँमा अवस्थित छ भने बुद्धको मावली नगरपालिकाको वडा १८ को पन्डितपुर गाउँमा पर्द्छ। सम्मानित डाक्टर श्रीवास्तव, शान्तिका अग्रदुत बुद्धसङ्ग सम्बन्धित एतिहासिक, पुरातात्त्विक एव धार्मिक स्थलहरु महत्त्वको बारेमा आफ्नो लेख र रचना मार्फत प्रचारप्रसार गर्दै आएका छन् भने उनी बुद्ध र बुद्धका धार्मिक स्थलहरुको बारेमा अध्ययन र अनुसन्धान गरि निकै जानकारी समेत राखि आउने पर्यटकहरुलाइ ब्रीफिङ गर्दै आएका छन् । नगरसभामा सम्मानित डाक्टर श्रीवास्तवलाई नगर उपप्रमुख रम्भा कुवर, प्रमुख प्राशासकिय अधिकृत राजेश पन्थी लगायत नगरका सम्पुर्ण वडा अध्यक्ष र सदस्यहरुले हार्दिक बधाई समेत ज्ञापन गरेका थिए।