
मंगलवार , भाद्र १६, २०७७
गुल्मी, १६ भदौ ।
गुल्मीको धुर्कोट गाउँपालिकाले अभिभावक गुमाएका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री प्रदान गरेको छ । मंगलबार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । त्यस्तै५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउने गाउँपालिकाको लक्ष्य रहेको जनाएको छ ।
बुबा आमाबाट संरक्षण नपाएपछि अध्ययनमा समस्या झेल्दै आएका विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।
पहिलो चरणमा विद्यार्थी हरुलाई स्विटर, दुई थान पोसाक र झोला हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको केन्द्र बर्बोटमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष शिव बहादुर के.सी., प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी लगायतको सहभागिता रहेको थियो । निःशुल्क शैक्षिक सामग्री पाए पछि विद्यार्थीहरु पनि हर्षित भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij