
बिहिवार , आषाढ ३१, २०७८
परासी, ३१ असार । पेप्सी कम्पनीले कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा १० नदवाँमा अवस्थित बरुण बेभरेज प्रा.लिद्धारा संचालित पेप्सी कम्पनीका महाप्रबन्धक पंकज कुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा मार्फत केन्द्रिय क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैया हस्तान्त्रण गरेका हुन् ।
विगतका दिनमा पनि सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको पेप्सी कम्पनीले देशभरि फैलिएको क्रोना संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमित व्यक्तिहरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले प्रजिअ मिश्र मार्फत कोषमा २१ लाख रुपैया जम्मा गरेको महाप्रबन्धक पंकज कुमार गुप्ताले जानकारी दिए । कम्पनीका महाप्रबन्धक गुप्ता संगै कम्पनीका एचआर प्रमुख अमित कुमार, लेखा प्रमुख धिरज कुमार गुप्ता, कर्मचारी रामकुमार लगायतका कर्मचारीहरु जिल्ला प्रशासन कार्यालयमा आई प्रजिअ मिश्रलाई चेक हस्तान्त्रण गर्दै उक्त रकम कोषमा जम्मा गरेर सामाजिक सन्देश दिएका हुन् ।
चेक ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले यो कोभिड–१९को लडाई सबैले मिलेर लडनु पर्ने र यसको रोकथाम तथा नियन्त्रणमा सबैले आआफनो तवरबाट भुमिका खेल्न आवश्यक रहेको बताए । प्रजिअ मिश्रले पेप्सी कम्पनीलाई आर्थिक सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै अरु कम्पनी तथा क्षेत्रबाट पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तथा केन्द्रिय कोषमा आर्थिक सहयोगको अपेक्षा गरे । चेक हस्तान्त्रण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, प्रहरी उपरिक्षक मनोज कुमार यादव, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, रेडियो परासीका अध्यक्ष सुमग गोपाल आचार्य, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओम प्रकाश अग्रहरी, उपाध्यक्ष राजेश कुमार गुप्त, अधिवक्ता राजेन्द्र खनाल, युवा समाजसेवी चन्द्रभुषण पाठक, लगायतको उपस्थिती रहेको थियो । पेप्सी कम्पनी स्थानियलाई रोजगार प्रदान गरेसंगै सामाजिक क्षेत्रमा पनि लगानी गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij